यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । देशका विभिन्न भू-भागमा सोमबार मौसम आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ। दिउँस…

यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । देशका विभिन्न भू-भागमा सोमबार मौसम आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।