काठमाडौं । युनिग्लोब कलेज र डिजिटल वालेट कम्पनी पेवेल नेपालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । कलेजमा भर्ना हुने विद्यार्थीका लागि पेवेल नेपालले आकर्षक छुट दिनेगरी सम्झौता भएको हो ।
पेवेल नेपालका अनुसार कलेजमा बिबिए, बिआईमा भर्ना हुने विद्यार्थीका लागि आकर्षक छुटको व्यवस्था गरिएको छ । युनिग्लोब कलेजका कार्यक्रमहरु अन्वेषण गर्न आवेदन दिने र भर्ना प्रक्रियालाई सहज बनाउन पेवेल नेपालको एपमार्फत सिधै शुल्क तिर्न सकिने छ ।
कम्पनीका अनुसार युनिग्लोब कलेज र पेवेल नेपालले संयुक्त रुपमा वित्तिय साक्षरता सम्बन्धी कार्यशाल आयोजना गरी विद्यार्थीहरुलाई वित्तिय व्यवस्थापनबारे जानकारी गराउनेछ ।
२०१८ सालमा सञ्चालनमा आएको डिजिटल वालेट कम्पनी पेवेल नेपालका देशभर ४ लाख भन्दा बढी ग्राहक र ५ हजार भन्दा बढी एजेन्ट रहेका छन् । कम्पनीले बिल भूकतानीदेखि कोष स्थानान्तरणको काम डिजिटलमार्फत गर्दै आएको छ ।
युनिग्लोब कलेज र 'पेवेल' नेपालबीच सम्झौता
कम्पनीका अनुसार युनिग्लोब कलेज र पेवेल नेपालले संयुक्त रुपमा वित्तिय साक्षरता सम्बन्धी कार्यशाल आयोजना गरी विद्यार्थीहरुलाई वित्तिय व्यवस्थापनबारे जानकारी गराइनेछ ।

