सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, बुधवार यही इजलासमा सुनुवाइ हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दा आइतवार हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको मुद्दामा आइतवार दुईजना सरकारी वकिल र एक जना पीडितको तर्फबाट बहस गरे पनि समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । अब मुद्दाको सुनुवाइ यही इजलासमा…

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, बुधवार यही इजलासमा सुनुवाइ हुने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दा आइतवार हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको मुद्दामा आइतवार दुईजना सरकारी वकिल र एक जना पीडितको तर्फबाट बहस गरे पनि समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । अब मुद्दाको सुनुवाइ यही इजलासमा बुधवार हुनेछ । लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम बहसका लागि पेशी चढेको छ । आइवार बहस नसकिएको र सोमवार र मंगलवार बिदा परेकाले अब बुधवार बहस हुने भएको हो । सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेविरुद्ध गत वर्ष एक किशोरी (नाबालिग)ले बलात्कारको मुद्दा हालेकी थिइन् ।