बजारमा चिनियाँ प्याज, भारतकोभन्दा १५ रुपैयाँ सस्तो

समितिका अनुसार प्याज सुकेको (भारतीय)को अधिकतम थोक मूल्य ११५ रुपैयाँ रहेको छ भने प्याज सुकेको (चिनियाँ) को १०० रुपैयाँ रहेको छ ।

बजारमा चिनियाँ प्याज, भारतकोभन्दा १५ रुपैयाँ सस्तो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ । जसअनुसार भारतीय भन्दा चिनियाँ प्याज सस्तो रहेको छ । समितिका अनुसार प्याज सुकेको (भारतीय)को अधिकतम थोक मूल्य ११५ रुपैयाँ रहेको छ भने प्याज सुकेको (चिनियाँ) को १०० रुपैयाँ रहेको छ । यस्तै बन्दा लोकलको ६०, गोलभेँडा ठूलो नेपालीको ६०, गोलभेँडा सानो (लोकल) को २०, आलु रातोको ३६, प्याज हरियोको ९०, मौसमको १५०, अनारको ४०० रुपैयाँ छ ।