काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले ४०० केभी क्षमताको इनरुवा सब स्टेसनको उद्घाटन गरेका छन्। बिहीबार विराटनगर पुगेका प्रधानमन्त्री दाहालले शुक्रबार बिहान १० बजेतिर सुनसरीको इनरुवामा सब स्टेसनको उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री दाहाल आज मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुँदैछन्।
आज दिउँसो प्रधानमन्त्री दाहालले मोरङको मिक्लाजुङ जाने कार्यक्रम रहेको छ। त्यहाँ मिक्लाजुङ गाउँपालिका पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
दिउँसो मोरङ व्यापार संघ एक्स्पोको उद्घाटन गरेर प्रधानमन्त्री आजै साँझ काठमाडौं फर्कनेछन्।
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेशनको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले ४०० केभी क्षमताको इनरुवा सब स्टेसनको उद्घाटन गरेका छन्। बिहीबार विराटनगर पुगेका प्रधानमन्त्री दाहालले शुक्रबार बिहान १० बजेतिर सुनसरीको इनरुवामा सब स्टेसनको उद्घाटन गरेका हुन्। प्रधानमन्त्री दाहाल आज मोरङ र सुनसरी जिल्लाका विभि…

