उड्न लागेको बुद्ध एयरको ढोका खोल्ने यात्रु पक्राउ

काठमाडौं । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खोलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीम परियार नामका यात्रु रहेको बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले बताए। उनका अनुसार ती यात्रुले बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठम…

उड्न लागेको बुद्ध एयरको ढोका खोल्ने यात्रु पक्राउ
काठमाडौं । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खोलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीम परियार नामका यात्रु रहेको बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले बताए। उनका अनुसार ती यात्रुले बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौंका लागि उड्न लागेको उडान नं. ६५२ को बुद्ध एयरको विमानको आकस्मिक ढोका खोलेका हुन्। विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको थियो। आपत्‌कालीन ढोका खुलेपछि उडान रद्द गरिएको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौं पठाइएको बताइएको छ।