गरिमा बैंकले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले ९‍.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०‍.५०…

गरिमा बैंकले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले ९‍.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०‍.५० प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशतका दरले लाभांश वितरण गर्ने छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।