काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न पुगेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेको मानवअधिकारकर्मी र अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण कृष्ण पहाडी लगायत १५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
‘१३ पुरूष र दुई महिलालाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखेका छौं,’ उनले भने।
स्थानीय प्रशासनले मंसिर ५ गते माइतीघरलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो। बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थप दुई महिनाका लागि माइतीघरलाई निषेधित क्षेत्र तोकेका छन्।
माइतीघरमा प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले लियो नियन्त्रणमा
काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न पुगेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेको मानवअधिकारकर्मी र अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। निषेधित क्षेत्रमा प्रदर्श…

