फिफा विश्वकप : आज क्वाटरफाइनलका अन्तिम दुई खेल, कसले मार्ला बाजी ?

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछ ।

फिफा विश्वकप : आज क्वाटरफाइनलका अन्तिम दुई खेल, कसले मार्ला बाजी ?
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछ । पहिलो खेलमा पोर्चुगल र मोरक्को भिड्ने छन् । नेपाली समय अनुसार राति पौने ९ बजे अल थुमामा स्टेडियममा खेल सुरु हुनेछ । यस्तै दोस्रो तथा अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२: ४५ बजे सुरु हुनेछ । मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो भने पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो । यस्तै फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो भने इंग्ल्यान्डले सेनेगललाई हराएको थियो ।