प्याजको मूल्य घट्यो

बुधबार १४० देखि १४५ रूपैयाँ प्रतिकिलोमा कारोबार भएको भारतीय सुकेको प्याज आज १३० देखि १४० रूपैयाँ प्रतिकिलो तोकिएको छ। त्यस्तै स्थानीय काउलीको भाउ २५ देखि ३५ रूपैयाँ र ज्यापु काउलीको भाउ ३० देखि ४० रूपैयाँ छ।

प्याजको मूल्य घट्यो
काठमाडौं । आज कालीमाटी फलफूल तथा तरकारी बजारमा सुकेको प्याजको भाउ किलोमा १० रूपैयाँ घटेको छ । बुधबार १४० देखि १४५ रूपैयाँ प्रतिकिलोमा कारोबार भएको भारतीय सुकेको प्याज आज १३० देखि १४० रूपैयाँ प्रतिकिलो तोकिएको छ। त्यस्तै स्थानीय काउलीको भाउ २५ देखि ३५ रूपैयाँ र ज्यापु काउलीको भाउ ३० देखि ४० रूपैयाँ छ। हिजो स्थानीय काउली प्रतिकिलो २५ देखि ३० रुपैयाँ र ज्यापु काउली ३० देखि ४० रुपैयाँ प्रतिकिलो थियो। यस्तै आज ठूलो गोलभेडा ६० देखि ७० रूपैयाँ तोकिएको छ। सानो लोकल गोलभेडा १० देखि १६ रूपैयाँ र टनेलको सानो गोलभेडाको मूल्य १२ देखि २० रूपैयाँ तोकिएको छ। हिजो पनि नेपाली ठूलो गोलभेडाको प्रतिकिलो ६० देखि ७० रुपैयाँ मूल्य थियो। स्थानीय सानो गोलभेडाको मूल्य प्रतिकिलो १० देखि १५ रुपैयाँ तोकिएको थियो। आज भारतीय रातो आलु नेपाली रातो आलुभन्दा तीन रूपैयाँ सस्तो छ। भारतीय रातोको आलुको भाउ प्रतिकिलो ३० देखि ३२ रूपैयाँ तोकिँदा नेपाली रातो आलुको भाउ ३३ देखि ३५ रूपैयाँ निर्धारण गरिएको छ। त्यस्तै सेतो आलुको मूल्य प्रतिकिलो २८ देखि ३० रूपैयाँ तोकिएको छ।