काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको हो।
‘यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम हो’, उनले भने। हिजो बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने यसअघि योभन्दा माथि थियो।
यस्तै आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसभित्र रहने अनुमान रहेको मौसमविद् अधिकारीले बताए। देशभरकै तापक्रम दिनप्रतिदिन ओरालो लाग्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद् अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा अहिले हुस्सु पनि लागिरहेको छ। ‘उपत्यकामा बिहान ५ बजेदेखि हुस्सु लागिरहेको हो’, उनले भने, ‘अहिले यहाँको भिजिबिलिटी (पारदर्शिता) ५ किलोमिटर छ, अझै हुस्सु बढेर भिजिबिलिटी घट्ने सम्भावना छ।’
मौसमविद् अधिकारीका अनुसार बिहान ९ बजेदेखि भने घाम लाग्ने र हुस्सु हट्दै जाने सम्भावना छ।
काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन
‘यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम हो’, उनले भने। हिजो बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने यसअघि योभन्दा माथि थियो।

