काठमाडौं । गएराति रुकुमपश्चिममा ट्याक्टर दुर्घटनाहुँदा पतिपत्नीसहित एकै गाउँका पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तिमा ८ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
बुधबार राति साढे १० बजेको समयमा आठबीस नगरपालिका १० को इजाखोला नजिक रा १ त १४ नम्बरको जस्तापाता लोड गरेको ट्याक्टर दुर्घटना परेको हो । दुर्घटनामा एकै वडाका पाँचजनाको मृत्यु भएको आठबीसको नगरपालिकाका नगर प्रमुख रवि केसीले जानकारी दिए।
दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटना परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। केसीका अनुसार नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको गएराति नै उद्दार गरिएको छ।
दुर्घटनामा परेकाहरूलाई उद्दार गरेर आठबीसकोटमा रहेको अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । हाल घाइतेको त्यही अस्पतालमा उपचार भइरहेको छ।
उपचाररत घाइते ९ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीका अनुसार घाइते हुनेमा आठबीसकोट–८ का १४ वर्षीय दलबहादुर पुन, ३४ वर्षीया रमा गुरुङ, ३६ वर्षीय जयबहादुर घर्ती, ४१ वर्षीय खडकबहादुर पुन, ४२ वर्षीय मदन पुन, ५१ वर्षीय जगवीर सार्की, ५६ वर्षीय कुमार घर्ती र ५८ वर्षीय मने सार्की रहेका छन् । यस्तै वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की पनि घाइते भएका छन्।
दुर्घटनापछि ट्याक्टर चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक फरार रहेका प्रहरीले जनाएको छ।
रुकुममा ट्याक्टर दुर्घटना हुँदा पतिपत्नीसहित ५ जनाको मृत्यु, ९ जना घाइते
आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटना परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। केसीका अनुसार नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको गएराति नै उद्दार गरिएको छ।

