एसियाकै लामो मानिएको बागलुङको झोलुङ्गे पुलबाट हामफालेर २२ वर्षीय युवाले गरे आत्महत्या

बुधबार साँझ ५ः४५ बजे पुलबाट एक्कासी कालीगण्डकी नदिमा हाम फालेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले भने, 'उहाँमा मानसिक समस्या रहेछ । उहाँको बुबा पनि घटनास्थलमा आउनुभएको छ ।'

एसियाकै लामो मानिएको बागलुङको झोलुङ्गे पुलबाट हामफालेर २२ वर्षीय युवाले गरे आत्महत्या
बागलुङ । बागलुङमा झोलुङ्गे पुलबाट हाम फालेर एक जनाले आत्महत्या गरेका छन् । एसियाकै लामो मानिने बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको झोलुङ्गे पुलबाट हामफाल्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाका मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ ५ः४५ बजे पुलबाट एक्कासी कालीगण्डकी नदिमा हाम फालेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले भने, 'उहाँमा मानसिक समस्या रहेछ । उहाँको बुबा पनि घटनास्थलमा आउनुभएको छ ।' खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालीगण्डकी किनारमा पुग्दा थापाको मृत्यु भइ सकेको प्रहरी निरीक्षक केसीको भनाइ छ ।