विराटनगर । विराटनगर विमानस्थलको धावनमार्गमा बुधबार दिउँसो कुकुर देखापरेपछि केहीबेर विमानस्थल प्रभावित भएको छ।
धावनमार्गमा कुकुर प्रवेश गरेको थाहा भएपछि विमानस्थलका कर्मचारीले कुकुरलाई बाहिर निकाल्न प्रयास गरेका थिए। साइरनसहितको गाडी प्रयोग गरेर कुकुर लखेट्न खोज्दा कुकुर भने विमानस्थलभित्रै दौडिरह्यो।
‘रन–वेमा एक्कासि कुकुर देखिएपछि हामीले निकाल्ने प्रयास गर्यौं,’ विमानस्थलका एक कर्मचारीले भने, ‘तर, १५ मिनेट जति कुकुरभित्रै कुदेको कुद्दै गर्यो। बल्लतल्ल बाहिर निकाल्यौं।’
धावनमार्गमा रहेको कुकुर बाहिर निकाल्न समय लागेपछि बुद्ध एयरको जहाज केहीबेर आकाशमै होल्ड गरिएको ती कर्मचारीले बताए।
टर्मिनल भवनको पश्चिमतर्फ देखिएको कुकुर कताबाट भित्र छिर्यो भन्ने थाहा नभएको विराटनगर विमानस्थलका प्रवक्ता युवराज भण्डारीले बताए।
विराटनगर विमानस्थलको धावनमार्गमा कुकुर दौडिएपछि ...
‘रन–वेमा एक्कासि कुकुर देखिएपछि हामीले निकाल्ने प्रयास गर्यौं,’ विमानस्थलका एक कर्मचारीले भने, ‘तर, १५ मिनेट जति कुकुरभित्रै कुदेको कुद्दै गर्यो। बल्लतल्ल बाहिर निकाल्यौं।’