सुलभ फार्मेसी स्थापना गर्न भाडामा घर खोज्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले औषधि बिक्रीका लागि घर भाडामा लिने भएको छ। काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौंका ५ स्थानमा सुलभ फार्मेसी स्थापना गर्न घर भाडामा दिने प्रस्ताव गरेको हो। सूचना प्रकाशनको १५ दिनभित्र मासिक के कति दरमा दिन सकिने हो, स…

सुलभ फार्मेसी स्थापना गर्न भाडामा घर खोज्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले औषधि बिक्रीका लागि घर भाडामा लिने भएको छ। काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौंका ५ स्थानमा सुलभ फार्मेसी स्थापना गर्न घर भाडामा दिने प्रस्ताव गरेको हो। सूचना प्रकाशनको १५ दिनभित्र मासिक के कति दरमा दिन सकिने हो, सो उल्लेख गरी गोप्य सिलबन्दी खामसहित काठमाडौं महानगरपालिकाको कार्यालय, स्वास्थ्य विभागमा दर्ता गराउन अनुरोध गरिएको छ। महानगरले घर भाडामा लिन महाराजगञ्ज क्षेत्र वडा नम्बर- ३ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्र, वीर अस्पताल क्षेत्र वडा नम्बर -२२ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्र, कालीमाटी क्षेत्र वडा नम्बर -१३ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्र र लैनचौर क्षेत्र वडा नम्बर -२६ को स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १०० देखि २०० मिटरभित्रको क्षेत्रका स्थानहरु तोकेको छ