महालक्ष्मी विकास बैंकद्वारा ६.४० प्रतिशत लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल र…

महालक्ष्मी विकास बैंकद्वारा ६.४० प्रतिशत लाभांश घोषणा
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ६.४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।