भारतमा विवाह समारोहमा सिलिन्डर विस्फोट, पाँचजनाको मृत्यु, ५० घाइते

सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

भारतमा विवाह समारोहमा सिलिन्डर विस्फोट, पाँचजनाको मृत्यु, ५० घाइते
नयाँदिल्ली । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो । मृतकमा दुई बालबालिकासमेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयका एक अधिकारीले जानकारी छन् । घाइतेहरु सबै जलेका र उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ । तीमध्ये १२ जना गम्भीर घाइते भएका र उनीहरुलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ । अधिकारीहरुका अनुसार यो घटना बेहुलाको घरबाट जन्ती निस्कनु अघि नै भएको थियो । कार्यक्रममा करिब १०० जना जम्मा भएको रिपोर्टले जनाएको छ । ‘विवाह भोजको तयारी भइरहेको ठाउँमा ग्यास सिलिन्डर चुहिएर शक्तिशाली विस्फोट भएको र विष्फोटका कारण विवाह भइरहेको घरको एक भाग पनि भत्किएको छ ।