एनसेलको सेयर कारोबारमा कमजोरी भए कारवाही गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । एनसेलको कारोबारमा कमजोरी रहेको पाइएमा कारबाही गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बतएका छन्। मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले एनसेल खरिद-बिक्री प्रकरणमा बनाइएको समिति स्थायी संरचनालाई…

एनसेलको सेयर कारोबारमा कमजोरी भए कारवाही गर्छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । एनसेलको कारोबारमा कमजोरी रहेको पाइएमा कारबाही गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बतएका छन्। मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले एनसेल खरिद-बिक्री प्रकरणमा बनाइएको समिति स्थायी संरचनालाई पन्छाउने उद्देश्यले नभएको समेत स्पष्ट पारेका छन्। समग्र लगानी, दूरसञ्चारको विकास-विस्तारका विषयमा छलफल गरेपछि अध्ययन तथा छानबिन समिति बनाइएको हो। कसैलाई ओभरल्याप गर्नको लागि छानबिन समिति बनाइएको होइन,ु उनले समितिमा भने। मुलुकमा अनुसन्धानको लागि अन्य स्थायी संरचना भए पनि नयाँ छानबिन समिति बनाइएको भन्दै केही सांसदहरूले प्रश्न उठाएका थिए। प्रधानमन्त्री दाहालले सेयर खरिद-बिक्री र हक हस्तान्तरणका सवालमा भएको कारोबार र लगानी तथा अन्य विषयमा छलफल गर्ने भनिएकाले यो करको विषयमा मात्रै केन्द्रित नभएको पनि बताए। यो समितिलाई विदेशी लगानीमा पर्ने असर, कर तथा राजस्वमा पर्ने असर तथा प्रभाव र भविष्यमा गर्नुपर्ने सुधार समेत अध्ययन गर्ने गरी कार्यादेश दिएको उनले जानकारी गराए। सरकारले पूर्व महालेखा परीक्षण टंकमणि शर्माको संयोजकत्वमा छानबिन समिति बनाएको छ।