शिवम् सिमेन्टले घोषणा गर्‍यो बोनस सेयर

काठमाडौं । शिवम् सिमेन्टले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०।७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको हो । कम्पनीले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको हाल चुक्ता पुँजी ४…

शिवम् सिमेन्टले घोषणा गर्‍यो बोनस सेयर
काठमाडौं । शिवम् सिमेन्टले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १४.२५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०।७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको हो । कम्पनीले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट कम्पनीका सेयरधनीलाई लाभांश दिन लागिएको कम्पनीले जनाएको छ । कम्पनीको लाभांश घोषणापछि सेयर बजारमा उच्च मूल्य उतारचढाव देखिएको छ ।