सफारी पल्टिदा चालकको मृत्यु

दमक । झापाको मेचिनगर नगरपालिका –१० धुलावारीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार विहान उत्तरबाट दक्षिणतर्फ जाँदैगरेको प्र १–०१–००२ ह ७६५ नम्बरको सिटी सफारी अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । सिटी सफारी पल्टदाँ मेचिनगर –९ बस्ने ४५ ब…

सफारी पल्टिदा चालकको मृत्यु
दमक । झापाको मेचिनगर नगरपालिका –१० धुलावारीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार विहान उत्तरबाट दक्षिणतर्फ जाँदैगरेको प्र १–०१–००२ ह ७६५ नम्बरको सिटी सफारी अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । सिटी सफारी पल्टदाँ मेचिनगर –९ बस्ने ४५ बर्षीय चालक बद्रीबहादुर बस्नेत गम्भीर घाइते भएपछि उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो । टाउकोमा गम्भीर चोट लागेका चालक बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।