उपत्यकाको विकास एकै पटक हुनुपर्छ : बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौं उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताएका छन्। सोमबार ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मेयर शाहले उपत्यकाको सुन्दरता…

उपत्यकाको विकास एकै पटक हुनुपर्छ :  बालेन्द्र शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौं उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताएका छन्। सोमबार ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मेयर शाहले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए। उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको शाहले सुनाए। संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेको उल्लेख गर्दै मेयर शाहले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे। काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न पनि बालेनले आग्रह गरे। मेयर शाहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए।