काठमाडौं । नेपाल बैंक लिमिटेडले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । खुला दरखास्तमध्ये पाँच जनालाई व्यावसायिक कार्ययोजना पेस तथा अन्तर्वार्ताका लागि बोलाएको छ।
सञ्चालक समिति सचिवालयले सार्वजनिक गरेको सूचना अनुसार पाँचै जनालाई पुस ४ गते अन्तर्वार्ताको समय तोकेको छ।
सचिवालयले सार्वजनिक गरेको नामावली अनुसार अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टलाई व्यावसायिक कार्ययोजनासाथ उपस्थित हुन सूचित गरिएको छ।
प्रमुख कार्यकारी अधिकृत (सिइओ) खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी बैंकले असोज २१ गते दरखास्त आह्वान गरेको थियो।
नेपाल बैंकको सिईओका लागि पाँच जना प्रतिस्पर्धामा, अन्तर्वार्ताको समय तोकियो
सचिवालयले सार्वजनिक गरेको नामावली अनुसार अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टलाई व्यावसायिक कार्ययोजनासाथ उपस्थित हुन सूचित गरिएको छ।