दुई सिडिओसहित चार उपसचिवको सरुवा

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपसचिव सुवास पौडेललाई काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । महेश कुमार गुरुङलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।

दुई सिडिओसहित चार उपसचिवको सरुवा
काठमाडौं । गृहमन्त्रालयले दुई जिल्लाका सीडिओसहित चार उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले दुई उपसचिवलाई म्याग्दी र बैतडीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको छ । गृह मन्त्रालयमा कार्यरत उपसचिव भिमकान्त शर्मालाई बैतडी र उपसचिव लक्ष्मण ढकाललाई म्याग्दी सरुवा गरिएको हो । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपसचिव सुवास पौडेललाई काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । महेश कुमार गुरुङलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।