बुटवल पावर कम्पनीको लाभांश घोषणा, एक करोड कित्ता एफपीओ जारी गर्ने

यो प्रस्ताव ३१ औं वार्षिक साधारण सभामा पेस गर्ने जानकारी कम्पनीले आइतबार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई गराएको छ।

बुटवल पावर कम्पनीको लाभांश घोषणा, एक करोड कित्ता एफपीओ जारी गर्ने
काठमाडौं । बुटवल पावर कम्पनीको लाभांश घटेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यसपालि ५ प्रतिशत नगद मात्र दिने भएको छ। कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यो लाभांश ११ वर्षयता सबैभन्दा कम हो। कम्पनीले गत वर्ष ७.६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिएको थियो। कम्पनीले १ करोड कित्ता एफपीओ जारी गर्ने भएको छ। आफ्ना विभिन्न आयोजनामा लगानीका लागि कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले एफपीओ जारी गर्ने भएको हो। यो प्रस्ताव ३१ औं वार्षिक साधारण सभामा पेस गर्ने जानकारी कम्पनीले आइतबार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई गराएको छ।