स्कुलको होस्टेलबाटै १४ वर्षीया किशोरी बलात्कृत, घटना सार्वजनिक भएपछि भागे शिक्षक

विष्णुपुर गाउँपालिका -१ मा रहेको रोज बोर्डिङ स्कूलका शिक्षकबाट कक्षा नौ मा पढ्ने १४ वर्षीया किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएको हो।

स्कुलको होस्टेलबाटै १४ वर्षीया किशोरी बलात्कृत, घटना सार्वजनिक भएपछि भागे शिक्षक
काठमाडौं । सिरहाको विष्णुपुरमा १४ वर्षीया एक किशोरी बोर्डिङ स्कुलको होस्टेलमा बलात्कारमा परेको घटना सार्वजनिक भएको छ। विष्णुपुर गाउँपालिका -१ मा रहेको रोज बोर्डिङ स्कूलका शिक्षकबाट कक्षा नौ मा पढ्ने १४ वर्षीया किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाले पनि किशोरी बलात्कारमा परेको घटना आफ्नो जानकारीमा आएको जनाएको छ। पीडित किशोरीकी आमाले उक्त बोर्डिङ स्कुलको होस्टलमा खाना पकाउने काम गर्दै आएकी थिइन्। गएको बिहीबार साँझ खाना पकाउनको लागि आमालाई पालो दिन गएकी १४ वर्षीया किशोरी मध्यराति सोही स्कुलका शिक्षक २५ वर्षिय रञ्जित यादवबाट बलात्कारमा परेकी आफन्तले बताएका छन्। घटनापछि आरोपी शिक्षक यादव फरार भएका छन्। प्रहरी फरार भएका यादवको खोजी गरिरहेको बताएको छ ।