काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५ः४५ को मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस देखिएको हो।
यस्तै आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८ः४५ भित्र न्यूनतम तथा साँझ ५ः४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।
उनका अनुसार यतिबेला (शनिबार बिहान) काठमाडौँ उपत्यकामा हुस्सु लागिरहेको छ। तर घाम लागेसँगै यो बिस्तारै हटेर जाने उनले बताए।
‘अहिले यहाँको पारदर्शिता (भिजिबिलिटी) ४ किलोमिटर छ’, मौसमविद् लामिछानेले भने। यत्तिको पारदर्शिताले सडक वा हवाई यातायातमा कुनै असर पार्दैन।
यस्तै हाल उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ। आंशिक बदली भनेको २६ देखि ५० प्रतिशत आकाशमा बादल रहनु हो। अर्थात् आकाशमा बादल पनि देखिने र घाम पनि लाग्ने अवस्था हो।
‘आज दिनभर लगभग काठमाडौं उपत्यकाको मौसम यस्तै रहने अनुमान गरिएको छ’, मौसमविद् लामिछानेले भने।
काठमाडौं उपत्यकाको तापक्रम घट्यो, दिनभरको मौसम कस्तो छ ?
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५ः४५ को मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस देखिएको हो।

