पहिचानवादीले गरे कोशी प्रदेश बन्द, बिहानै समातिए पाँच जना

पहिचान पक्षधरहरुले शनिबार कोशी प्रदेश बन्द गरेका छन्। कोशी प्रदेश खारेजीको माग राखेर उनीहरुले १४ जिल्लाको यातायात र मुख्य बजार बन्द गराएका छन्।

पहिचानवादीले गरे कोशी प्रदेश बन्द, बिहानै समातिए पाँच जना
काठमाडौं । पहिचान पक्षधरहरुले शनिबार कोशी प्रदेश बन्द गरेका छन्। कोशी प्रदेश खारेजीको माग राखेर उनीहरुले १४ जिल्लाको यातायात र मुख्य बजार बन्द गराएका छन्। एकाबिहानै हातमा लाठी लिएर बजार बन्द गराउन पहिचान पक्षधरका सयौं कार्यकर्ता परिचालन भएका छन्। उनीहरुले कोशी प्रदेशभर यातायातका साधन सञ्चालनमा रोक लगाएका छन्। आन्दोलनकारीले कोशी प्रदेशका मुख्य बजारहरु धरान, इटहरी, दमक, बिर्तामोड, धनकुटा, इलाम, फिदिम, म्याङ्लुङ र फुन्लिङ बजार बन्द गराएका छन्। बजार र यातायातका सधन बन्द गराउने पाँच बन्दकर्तालाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। उनले कुनै अप्रिय घटना हुन नदिन मुख्य बजार क्षेत्र र चारकोशे जङ्गलमा प्रयाप्त प्रहरी परिचालन गरिएको बताए। पहिचानका लागि युवा फोर्सका अध्यक्ष राजुके राइले पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहा नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।