शनिबार समानुपातिक सांसद टुंगो लगाउँदै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

शनिबार समानुपातिक सांसद टुंगो लगाउँदै राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक सांसद छनोट गर्न शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ सात सिट र समानुपातिकतर्फ पनि सातै सिट ल्याएको छ। यस्तै विभिन्न प्रदेशमा गरी राप्रपाले समानुपातिकतर्फ १७ सिट हात पारेको छ।