निषेधित क्षेत्र तोड्न खोज्ने आधा दर्जन बढी अभियन्ता पक्राउ

काठमाडौं । प्रहरीले बृहत नागरिक आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ गरेको छ । मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै भद्रकालीबाट माइतीघर मन्डला तर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार भएका…

निषेधित क्षेत्र तोड्न खोज्ने आधा दर्जन बढी अभियन्ता पक्राउ
काठमाडौं । प्रहरीले बृहत नागरिक आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ गरेको छ । मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै भद्रकालीबाट माइतीघर मन्डला तर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार भएका हुन् । माइतीघर लगायतका स्थानहरुमा सरकारले निषेधित क्षेत्रहरू बढाउँदै लगेकोमा समेत उनीहरूले विरोध गरेका छन् । प्रहरीले नागरिक आन्दोलनका सन्जीव उप्रेती, वसन्त चिप्पा, प्रनेता, अभय श्रेष्ठ, आरती साहको परिवार, निर्ग नवीन, गोविन्द छन्त्याललगायत समातेको छ । छन्त्यालका अनुसार उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।