पूर्वगृहमन्त्री खाँणले सम्पत्ति शुद्धीकरण विभागमा पनि बुझाए १५ लाख धरौटी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ धरौटी बुझाएका छन्। शुक्रबार विभागले खाँणसँग १५ लाख रुपैयाँ धरौटी मागेपछि उनले नबिल बैंकको ग्यारेण्टी बुझाएको महानिर्…

पूर्वगृहमन्त्री खाँणले सम्पत्ति शुद्धीकरण विभागमा पनि बुझाए १५ लाख धरौटी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ धरौटी बुझाएका छन्। शुक्रबार विभागले खाँणसँग १५ लाख रुपैयाँ धरौटी मागेपछि उनले नबिल बैंकको ग्यारेण्टी बुझाएको महानिर्देशक पुष्‍पराज शाहीले जानकारी दिए। यसअघि उनले जिल्ला अदालत काठमाडौंमा ३० लाखको बैंक ग्यारेण्टी बुझाएर केन्द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका थिए। ‘उच्च अदालतले जति धरौटी मागेको छ। यो प्रकरणमा हामीले त्यसको आधा धरौटी मागेका छौं,’ महानिर्देशक शाहीले भने, ‘नबिल बैंकको १५ लाख बैंक ग्यारेण्टी बुझाएर जानुभएको छ।’ त्यहाँबाट अदालत हुँदै सम्पत्ति शुद्धीकरण विभाग पुगेका खाण अब अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा हाजिर हुनेछन्। अख्तियारले छाडेपछि भने उनी तारेखमा हुनेछन्।