काठमाडौं । नेपाली सेनाले प्रविधि, हवाई लगायत विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान गरेको छ।
सेनाले आज सूचना प्रकाशन गर्दै रिक्त रहेका पदपूर्तिका लागि १२५ कर्मचारी माग गरेको हो । जसमा, नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत अन्य सेवाका लागि केही संख्यामा कर्मचारी मागेको हो।
इच्छुक तथा योग्य नागरिकले नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ भित्र दरखास्त दिन सक्नेछन्।
सूचना हेर्नुहोस्



