सात सचिवको सरुवा, को-कहाँ पुगे ?

बैठकले खानेपानी मन्त्रालयका सचिव राम आधार साहलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ भने त्यहाँका सचिव सुरेश आचार्य खानेपानीमा ल्याइएको छ ।

सात सचिवको सरुवा, को-कहाँ पुगे ?
काठमाडौं । सरकारले ७ जना सचिवहरूको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा निकायका सचिवहरूसहित प्रदेश प्रमुख सचिवको सरुवा गरेको हो । बैठकले खानेपानी मन्त्रालयका सचिव राम आधार साहलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ भने त्यहाँका सचिव सुरेश आचार्य खानेपानीमा ल्याइएको छ । यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ (जलस्रोत तथा सिँचाई) सचिव गोपालप्रसाद सिग्देल ऊर्जा, जलस्रोत तथा सिँचाइ (ऊर्जा), जल तथा ऊर्जा आयोगका सचिव सुशिलचन्द्र तिवारी सिँचाइ मन्त्रालय र केही दिन अघि मात्रै बढुवा भएकी सरिता दवाडी ऊर्जा आयोगमा सरुवा गरिएको छ । त्यस्तै कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र त्यहाँका सचिव भरतमणि सुवेदीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालय सरुवा गरिएको छ ।