दुलही बनिन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसिएकी छिन् । श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्ष…

दुलही बनिन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा
काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसिएकी छिन् । श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् । विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ ।