काठमाडौं। घट्ने क्रममा ब्रेक लाग्दै सुनको मूल्य एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ। बिहीबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको चौथो दिन बुधबार भने अघिल्लो दिनका तुलनामा ३ सय घटेर तोलाको १ लाख १६ हजार रुपैयाँ थियो। मंगलबार तोलाको १ लाख १६ हजार ३ सय थियो भने गत आइतबार १ लाख १७ हजार ५ सयमा कारोबार भएको थियो।
चाँदी पनि बढेको छ। बुधबारका तुलनामा ५५ रुपैयाँ बढ्दा बिहीबार प्रति तोला १४ सय ५५ भएको छ। दुई दिनको स्थिरतापछि १० रुपैयाँ घटेर बुधबार तोलाको १४ सय रुपैयाँ भएको थियो। सोमबार कायम प्रति तोला १४ सय १० रुपैयाँमा स्थिर रहेर मंगलबार कारोबार भएको थियो। यसअघि गत आइतबारका तुलनामा सोमबार १५ रुपैयाँ घटेको थियो।
सुनको मूल्य एकैदिन ह्वात्तै बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। घट्ने क्रममा ब्रेक लाग्दै सुनको मूल्य एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ। बिहीबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको चौथो दिन बुधबार भने अघिल्लो दिनका तुलनामा ३ सय घटेर तोलाको १ ला…

