प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक, के-के छन् एजेण्डा ?

पछिल्लो समय नियमित बैठक मङ्गलवार बिहान ९ बजेका लागि भनिए पनि केही समययता यो तालिका भने फेरबदल हुँदै आएको छ । अघिल्लो बैठक बिहीवार बसेको थियो भने त्यसको ठिक एक हप्ता पनि आज बस्दै छ ।

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक, के-के छन् एजेण्डा ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्न लागेको हो । पछिल्लो समय नियमित बैठक मङ्गलवार बिहान ९ बजेका लागि भनिए पनि केही समययता यो तालिका भने फेरबदल हुँदै आएको छ । अघिल्लो बैठक बिहीवार बसेको थियो भने त्यसको ठिक एक हप्ता पनि आज बस्दै छ । आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही अन्य प्रशासनिक निर्णय पनि हुन सक्ने जनाइएको छ । आजको बैठकले परराष्ट्र मन्त्रालयको सचिव नियुक्तिको निर्णय पनि गर्दैछ ।