काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनिमय दर लगातार कमजोर बन्दै गएको छ । डलरको भाउ बढ्दै जाँदा नेपाली मुद्रा कमजोर भएको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३३.७५ रुपैयाँ तोकेको छ । जुन यसअघि मंसिर २० को उच्च मूल्यभन्दा पनि तीन पैसाले बढी हो । त्यस्तै, खरिददर १३३.१५ रुपैयाँ पुगेको छ ।
पछिल्लो महिनायता डलरको भाउ निरन्तर उकालो लागिरहेको छ । यसको मुख्य कारण सुधारोन्मुख अमेरिकी अर्थतन्त्र र बढ्दो ब्याजदर हो । अमेरिकी केन्द्रीय बैंकले पछिल्लो एक–दुई वर्षयता निरन्तर ब्याजदर बढाइरहेको छ ।
गत जुलाईमा अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च थियो । यस्तोमा लगानीकर्ता डलरतर्फ आकर्षित हुने भएकाले माग बढ्न गई डलर बलियो बन्छ भने अरू मुद्रा कमजोर हुन्छन् । मुद्रास्फीति घट्दो क्रममै रहे पनि अपेक्षा भन्दा बढी नै रहेकाले त्यससँग जुध्न पनि फेडले अझै ब्याजदर बढाउने विज्ञहरूको अनुमान छ ।
डलर बलियो वा कमजोर बन्दा नेपाली मुद्रामा प्रत्यक्ष असर भने पर्दैन । तर त्यसको असर भारतीय मुद्रामा पर्ने र भारुको असर नेपाली मुद्रामा पर्ने हो । नेरु र भारुबीच भने स्थिर विनिमय दर छ । यससँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुँदै आएको छ । अहिले पनि त्यही भएको हो ।
अमेरिकी डलरमा नयाँ रेकर्ड
पछिल्लो महिनायता डलरको भाउ निरन्तर उकालो लागिरहेको छ । यसको मुख्य कारण सुधारोन्मुख अमेरिकी अर्थतन्त्र र बढ्दो ब्याजदर हो । अमेरिकी केन्द्रीय बैंकले पछिल्लो एक–दुई वर्षयता निरन्तर ब्याजदर बढाइरहेको छ ।

