आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै

पश्चिमी वायुको प्रभावस्वरुप हाल देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तर, वर्षा हुने सम्भावना भने आज छैन। पश्चिमी वायुको प्रभावस्वरुप हाल देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भूऔभागमा आंशिक बदली हुने छ। बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। राति पनि कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। देशैभरी चिसो भने बढ्दै गएको छ। चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।