भीमगिठे । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले बागलुङमा संगठन विस्तार अभियान चलाएको छ । अभियान अन्तर्गत बुधबार बडिगाड गाउँपालिका ७ मा रहेको भीमगिठे माध्यमिक विद्यालयमा संगठन विस्तार गरेको हो ।
अखिल क्रान्तिकारीका प्रदेश सदस्य प्रेम बुढामगरका अनुसार कक्षा ११ र १२ मा १३१ सदस्य मुल कमिटी गठन गरिएको छ । जसको अध्यक्षमा कोपिला कुँवर, उपाध्यक्षमा अञ्जली कार्की, दीपेन्द्र रास्कोटी, गीता क्षेत्री, दिप्शन बुढा, सचिवमा सागर बुढा, सहसचिवमा ममता परियार, विजय घर्ती, रुपेश रायमाझी, कमल घर्ती मगर, विपीन विक, जीवन खत्री, तारा दर्जी, सुस्मिता परियार, कोषाध्यक्षमा गीता खत्री र अन्य सदस्य रहेका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य महेन्द्र चन्दले विद्यार्थीहरुमा नयाँ प्रकारको राजनीतिक चेतना र संस्कारको आवश्यक बढ्दै गएको बताएका छन् ।
'राजनीतिक जागरूकतामार्फत, विद्यार्थीहरूले आफ्नो देशको संरचना, इतिहास र राजनीतिक प्रक्रियाहरूसम्म परिचित हुने गरेका छन्,' उनले भने, 'जसले उनीहरूलाई राष्ट्रिय परिचयमा सहयोग पनि गरेको छ। विद्यार्थीहरूले राजनीतिक चर्चामा भाग लिएर, आफ्नो अधिकारहरूमा बदलाव गर्न सक्छन् र आफ्नो आवाज बुलन्द गर्ने माध्यम बनाउन सक्छन् ।'
'सङ्घर्ष, बलिदान र विजयको गौरवपूर्ण गाथाले भरिएको इतिहास, सम्भावनायुक्त वर्तमान र उज्ज्वल भविष्य क्रान्तिकारी विद्यार्थी आन्दोलनको यथार्थ हो,' उनले भने, 'प्रतिक्रियावादी सत्ता र शिक्षाका विरुद्ध विद्यार्थी संगठनले आमजनतामा जागरण पैदा गर्दै सशक्त प्रतिरोधमा आफूलाई सहभागी गराइरहेको छ ।'
उनले आमविद्यार्थीको शैक्षिक हकहित र अधिकारको ग्यारेन्टीका बाबजुद राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा संगठन सधैँ जोडिएको बताए । प्रत्येक सङ्घर्ष, आन्दोलन र क्रान्तिमा यो पहिलो पहलकर्ता एवम् अग्रदस्ता शैक्षिक–राजनीतिक विशेषतासहितको क्रान्तिकारी विद्यार्थी आन्दोलन भएको उनकाे भनाइ छ ।
संगठनले पछिल्लो समय बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिकाका विभिन्न विद्यालयहरुमा संगठन विस्तार गरिसकेको छ ।
भीमगिठे माविमा अखिल (क्रान्तिकारी) गठन
नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले बागलुङमा संगठन विस्तार अभियान चलाएको छ । अभियान अन्तर्गत बुधबार बडिगाड गाउँपालिका ७ मा रहेको भीमगिठे माध्यमिक विद्यालयमा संगठन विस्तार गरेको हो ।

