काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशको महिला निजामती कर्मचारीहरुलाई महिनावारी बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश निजामती सेवा ऐन जारी गरेर महिला कर्मचारीलाई नयाँ बिदा थप गर्दै (पिरियड्स) बिदा गरेको हो ।
लुम्बिनी प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको छ । असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । ऐनको दफा ११७ (१) (ग) मा महिनावारी बिदाको व्यवस्था गरिएको छ ।
महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनावारी बिदा पनि थपिएको हो। महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिनेछ ।



