काठमाडौं । रुसी सेनामा भर्ना भएका एक युवाले आफूहरू बाध्यताले रुसी सेनामा भर्ना भएको बताएका छन् । डाइमन्ड सी म्याग्देली नामको फेसबुकबाट ती युवाले आफू १० वर्ष सशस्त्र द्वन्द्वमा होमिँदा राज्यसत्ता परिवर्तनका लागि लडेको तर अहिले पनि केही दलाल पुँजीवादीहरूको सत्तामा हालीमुहाली भएकाले आफूहरू जस्ता हजारौँ युवाहरू रुसी सेनामा भर्ना हुन बाध्य भएको बताएका छन् ।
उनले युद्धरत देशको सेनामा भर्ना हुँदा हुने जोखिमबारे जानकार भएरै स्वेच्छाले रुसी सेनामा भर्ना भएको समेत बताएका छन् । उनले लेनिनको देशमा पुटिनको सिपाही हुँदा कुनै गुनासो नभएको बताएका छन् ।
उनले अहिले नेपालीहरूलाई रुसी सेनामा भर्ना गर्न बन्द गरिएको भन्दै दलालको भ्रममा नपर्नसमेत सचेत गराएका छन् ।
रुसी सेनामा रहेका नेपाली युवा भन्छन् - 'पुटिनको सिपाही बनेकामा गुनासो छैन'
उनले युद्धरत देशको सेनामा भर्ना हुँदा हुने जोखिमबारे जानकार भएरै स्वेच्छाले रुसी सेनामा भर्ना भएको समेत बताएका छन् । उनले लेनिनको देशमा पुटिनको सिपाही हुँदा कुनै गुनासो नभएको बताएका छन् ।