काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू भागमा आंशिक बदली रही तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आजको मौसम : कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू भागमा आंशिक बदली रही तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

