१० हजार लिएर नक्कली कागजात बनाएकाे आरोपमा वायु सेवा निगमका अधिकृत समातिए

नक्कली कागजात एवं प्रमाणपत्र बनाएर भिजिट भिसामा खाडी मुलुक पठाइदिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले एक व्यक्तिलाई पठाएबापत १० हजार रुपैयाँ पाउने गरेको प्रहरीले बताएको छ।

१० हजार लिएर नक्कली कागजात बनाएकाे आरोपमा वायु सेवा निगमका अधिकृत समातिए
काठमाडौं । प्रहरीले नेपाल वायु सेवा निगमका अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको छ। मंगलबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट अधिकृत पोखरेललाई पक्राउ गरेको हो। नक्कली कागजात एवं प्रमाणपत्र बनाएर भिजिट भिसामा खाडी मुलुक पठाइदिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले एक व्यक्तिलाई पठाएबापत १० हजार रुपैयाँ पाउने गरेको प्रहरीले बताएको छ। एयरलाइन्स, प्रहरी, अध्यागमनको मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाउने गरेको कुरा केही समय अघि खुलेको थियो। यसमा संलग्नता भएको भन्दै अपराध अनुसन्धान कार्यालयले अहिलेसम्म २५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक जना प्रहरी, कागजात बनाउने व्यक्तिहरू थिए।