कार्यकाल सकिन १५ महिना अगाबै आयल निगमका कार्यकारी थानीले दिए राजीनामा

उद्योगमन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गरे । थानीले राजीनामाको कारण भने नखुलाएको मन्त्री रिजालले बताए । निगममा २१ महिना बिताएर कार्यकाल सकिन १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिएका हुन् ।

कार्यकाल सकिन १५ महिना अगाबै आयल निगमका कार्यकारी थानीले दिए राजीनामा
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् । उद्योगमन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गरे । थानीले राजीनामाको कारण भने नखुलाएको मन्त्री रिजालले बताए । निगममा २१ महिना बिताएर कार्यकाल सकिन १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिएका हुन् । थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।