गण्डकी प्रदेश : प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता

गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदको बाहुल्यता देखिएको छ ।

गण्डकी प्रदेश : प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता
काठमाडौं । गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदको बाहुल्यता देखिएको छ । यस प्रदेशसभाका ३६ सिटमा २ वटामा मात्र महिला उम्मेदवार विजयी भएका छन् । विजयी हुनेहरूमा प्रदेशसभामा १२ सिटसहित दोस्रो बनेको नेकपा एमालेबाट सीताकुमारी सुन्दास र पदमा जिसी छन् । उनीहरू क्रमशः स्याङ्जा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । यस प्रदेशमा सबैभन्दा १८ सिटसहित कांग्रेस पहिलो दल बनेको छ । उक्त दलबाट एकजना पनि महिला उम्मेदवार विजयी भएनन् । यस्तै यहाँ नेकपा माओवादी केन्द्रले ४, नेपाल समाजवादी पार्टीले एक र एक जना स्वतन्त्र सांसद विजयी भएका छन् ।