काठमाडौं । एमालेको मध्यपहाडी लोकमार्ग यात्राको प्रतिरोधमा पहिचान पक्षधरले खोटाङ बन्द गराएका छन् भने ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध पारेका छन्।
पहिचान पक्षधर समूहले आह्वान गरेको बन्दका कारण खोटाङमा मंगलबार बिहानैदेखि यातायात ठप्प भएको छ। नेकपा (एमाले) ले सञ्चाल गरिरहेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोधमा पहिचान पक्षधर समूहले मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आह्वान गरेको हो।
समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेले आज घुर्मीमा बृहत जनसभा गर्ने तयारी गरेको छ। त्यसकै विरोधमा प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तरगत घुर्मी (उदयपुर–लेगुवाघाट–धनकुटा) सडक बन्द गरेको हो। बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सार्वजनिक सवारी साधन नचलेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।
कोशी प्रदेशको नामांकनको विषयमा विमति राख्दै आन्दोलनरत पहिचान पक्षधर समूहले गएराति खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेका छन्।
एमालेको संकल्प यात्राको विरोधमा खोटाङ बन्द
कोशी प्रदेशको नामांकनको विषयमा विमति राख्दै आन्दोलनरत पहिचान पक्षधर समूहले गएराति खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेका छन्।

