काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सर्ने भएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंसीर २९ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मध्याह्न १२ः४५ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा तीन वटा अजेन्डा तय गरिएका छन्। महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्य सचिव पौडेलले बताए।
देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सर्ने भएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले मंसीर २९ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मध्याह्न १२ः४५ बजे कार्यसम्पादन समितिको बै…

