राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बोलकबोल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मङ्सिर २६ गते अर्थात मंगलबार जारी गर्ने गरी ९१ दिने र १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कूल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । कूल ट्रेजरी…

राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बोलकबोल गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मङ्सिर २६ गते अर्थात मंगलबार जारी गर्ने गरी ९१ दिने र १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कूल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । कूल ट्रेजरी मध्ये ८ अर्ब रुपैयाँ नयाँ जारी गर्न लागेको केन्द्रीय बैंकले बाँकी १० अर्ब ५० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरीकै नवीकरण गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले मङ्सिर १८ गते १६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।