विराटनगर । नेपाल -भारत सीमा क्षेत्रमा गोली चल्दा विराटनगरका एकजना युवा घाइते भएका छन्। विराटनगर महानगरपालिका - ८ का २८ वर्षीय निर्दोश सग्रौलामाथि सोमबार बिहान भारतको जोगमुनी रेल्वे छेउस्थित गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
अज्ञात समूहको गोली प्रहारबाट उनको दाहिने खुट्टा र तीघ्रमा चोट लागेको छ। सग्रौलाको अहिले कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा गोली चल्यो, विराटनगरका युवक घाइते
विराटनगर । नेपाल -भारत सीमा क्षेत्रमा गोली चल्दा विराटनगरका एकजना युवा घाइते भएका छन्। विराटनगर महानगरपालिका - ८ का २८ वर्षीय निर्दोश सग्रौलामाथि सोमबार बिहान भारतको जोगमुनी रेल्वे छेउस्थित गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। अज्ञात समूहको गोली प्रहारबाट उनको…

