पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रकाण्ड

भेटमा अदालतबाट जारी पक्राउ पुर्जी, यसअघिको सरकारसँग भएका सहमतिलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रकाण्ड
काठमाडौं । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले शनिवार साँझ बालुवाटार नै प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । भेटमा अदालतबाट जारी पक्राउ पुर्जी, यसअघिको सरकारसँग भएका सहमतिलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ । ‘नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समसामयिक विषयमा भेटवार्ता,’ प्रकाण्डले सामाजिक सञ्जालमा लेखेका छन् । अदालतले प्रकाण्डसहित पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, हेमन्तप्रकाश वली, माइला लामालगायत थुप्रै नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । २०७६ असोज ९ गते दायर भएको मुद्दामा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।