काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराईका केही स्थानमा हुस्स कुहिरो लागेको छ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने रबाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदलीकै अवस्था रहने छ। देशका बाँकी भू भागमा राति मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
आज देशका उच्च पहाडी तथा हिमाली भू भागमा हिमपात र तराई मधेशका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने र त्यसले तापक्रम केही गिरावट आउन सक्ने हुँदा चिसोबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैमा अनुरोध गरेको
आजको मौसम : यी क्षेत्रमा हुस्सु र हिमपातको सम्भावना
त्यस्तै आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदलीकै अवस्था रहने छ। देशका बाँकी भू भागमा राति मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।